जाजरकोट,  कुशे गाउँपालिकामा जन्म घर भई बारेकोटलाई कर्म थलो बनाउनुभएका एक बहु- प्रतिष्ठित व्यक्तित्व बारेकोट साहित्य कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापा सरको यो बारेकोटी माटो प्रतिको अमूल्य योगदान स्वरुप आज बारेकोटी भूमिको तर्फबाट हृदय देखि हार्दिक आभार प्रकट गर्दछु।

‎ वीरेन्द्र ऐश्वर्य मा. वि. लिम्साको एक शिक्षक जस्ले  विद्यार्थीलाई नैतिकता र अनुशासनको पाठ सिकाउँदा हरेक दिन आफ्नो स्वर सुकाउनु पर्दछ -त्यो तपाई काली सर हो । यो मेरो भनाइ मात्र होइन यो मेरो अनुभव हो किनकी मैले त्यही विद्यालयमा पढेको हुँ, यदी विद्यार्थीले कपाल काटेर, कानको मुन्द्रा झिकेर आउछ भने- त्यसको कारण काली सर तपाई हो, काली सर केवल विरेन्द्र ऐश्वर्य मा. वि. को शिक्षक मात्र होइन त्यहाँको अनुशासन हो, नीति र मर्यादा हो साथै अनुशासनहीन विद्यार्थीको – डर त्रास पनि हो ।

‎काली सरको शिक्षक‌ भूमिकाको तस्बिर भन्दा माथि एक अर्को स्वरुप हो – ‘साहित्य’ त्यो पनि बारेकोटी माटोको नामलाई शिरोपर गर्दै बारेकोटी साहित्य जगतको गरिमालाई उच्च बनाउँदै लामो समयदेखि बारेकोट साहित्य कला केन्द्रको अध्यक्षको भूमिकामा रहेर थुप्रै किसिमका नमूना साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

‎ अझ विशेष आभार तथा कृतज्ञताको पात्र त्यसकारण हुनुहुन्छ जुन आफ्नो व्यक्तिगत त्याग, तपस्या र योगदान पश्चातको साहित्यिक कोशेलीहरु (नियात्रा – ‘गाउँ देखि सहर सम्मको यात्रा’ पुस्तक) सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा सञ्चालित २०८२ असार १८ गते सम्पन्न कवि गोष्ठीबाट संकलित कविता संग्रह ‘शब्दका स्वरहरु’ पुस्तक  जस्ता कृतिहरू प्रकाशन बारेकोट साहित्य कला केन्द्र रहेको छ उक्त कार्यको श्रेय यो बारेकोटी माटोले पनि पाएको छ।

‎म बुझ्छु काली सर सफलताको निमित्त कति दुःख, संघर्ष‌ र वाधा अवरोधहरु सामना गर्नु पर्छ तिनै बाधा अवरोधहरु सामना गर्दै जीवनका संघर्षका हरेक पलहरुलाई साहित्यिक लेखन मार्फत प्रस्तुत गर्ने हजुरको प्रयासले सार्थकता पाएको छ । अल्पकालीन जिन्दगीको दिर्घकालिन तस्बिर तयार भएको छ  । साथै बारेकोट नामको प्रतिनिधित्व गर्दै साहितिक जगतको अविरल यात्राले निरन्तरता पाइरहोस् म एक बारेकोटी भूमिको तर्फबाट हजुरलाई अपार शुभकामना तथा हार्दिक आभार व्यक्त गर्दछु ।

‎अन्तमा- मैले बारेकोटी भूमिको तर्फबाट केही शब्दहरू लेख्दै गर्दा बारेकोट र कुशे बिचमा विभेद गरेको र हजुरलाई टाढाको सम्झेर लेखेको भन्ने अर्थ भने पक्कै पनि बुझ्नु हुने छैन। साहित्यकार को नजरमा भनौ या त युगपुरुषको नजरमा न मेरो न तेरो, न पराई न आफ्नो हुन्छ, सदा सर्वदा संसारको हक हित र भलाईका निम्ति जीवन समर्पण गर्नेहरुको नजरमा यो विश्व ब्रह्माण्ड नै घर हो ।

‎काली सर  मैले जानिजानी केही आभार स्वरुप केही शब्दहरू लेखेको छु सबै कुराहरु शब्दहरु मार्फत व्यक्त गर्ने मेरो कला कौशलता त खासै छैन जति जाने लेखे, लेखमा कहि कतै त्रुटि भए क्षमा प्रार्थी छु।

‎चित्र प्रसाद बुढा

बारेकोट- ७ गोमागाउँ

‎जाजरकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय