‎बारेकोट (जाजरकोट):

‎बारेकोट गाउँपालिका, स्वास्थ्य तथा सरसफाइ शाखाको आयोजनामा वार्षिक स्वास्थ्य कार्यक्रमको समीक्षा बैठक भदौ १५ र १६ गते गाउँपालिकाको सभाहलमा सफलतापूर्वक सम्पन्न भएको छ।

‎कार्यक्रममा गाउँपालिका अन्तर्गत सञ्चालित विभिन्न स्वास्थ्य संस्थाहरूले गत आर्थिक वर्षमा सम्पादन गरेका स्वास्थ्यसम्बन्धी वार्षिक गतिविधि र सेवा प्रवाहको प्रतिवेदन प्रस्तुत गरेका थिए। स्वास्थ्य संस्थाहरूले पूरा गरेका विभिन्न सूचक र प्राप्त कार्यसम्पादन अङ्कका आधारमा उत्कृष्ट संस्थाहरूको मूल्याङ्कन गरिएको थियो।

‎मूल्याङ्कनका आधारमा गाउँपालिकाभित्र रहेका चार वटा स्वास्थ्य संस्था मध्ये स्वास्थ्य चौकी रामिडाँडा ६७.९३ प्रतिशत अङ्क प्राप्त गर्दै उत्कृष्ट स्वास्थ्य संस्थाका रूपमा पुरस्कृत भएको छ। त्यसैगरी, ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमध्ये ६०.८२ अङ्क हासिल गरी सामुदायिक स्वास्थ्य एकाइ (मैना) उत्कृष्ट भई सम्मानित भएको छ।

‎यस्तै, पालिकाभरिका स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मीहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने सेपुखोला स्वास्थ्य चौकीमा कार्यरत मिरा शाही ‘उत्कृष्ट स्वास्थ्यकर्मी’ पुरस्कारबाट सम्मानित हुनुभएको


छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

ताजा अपडेट