जाजरकोट- नलगाड नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू मध्येबाट उत्कृष्ट शिक्षकमा कालिका आदर्श आधारभूत विद्यालय नलगाड नगरपालिका- ६ गर्छिनाका प्रधानाध्यापक रामबहादुर घर्ती छनौट भई आज नलगाड नगरपालिकाबाट सम्मानित भएका छन्।

‎आफ्नै गाउँको विद्यालय र आफै पढेको विद्यालयमा घर्ती प्रधानाध्यापक बनेर आएपछि छोटो समयमा नै भौतिक संरचना देखि प्रशासन तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नमा अहोरात्र खटिएका घर्तीको चर्चा अहिले सामाजिक सञ्जाल, न्युज साइट तर्फ सर्वत्र फैलिएको छ । उहाँको योगदानको उच्च कदर गर्दै नलगाड नगरपालिकाले सामुदायिक विद्यालयबाट उत्कृष्ट शिक्षकका रुपमा छनौट गरी प्रधानाध्यापक घर्तीलाई सम्मानित गरेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय