बारेकोट, जाजरकोट।
बारेकोट गाउँपालिका -९ सक्लाचौरका स्वर्गीय श्री खम्म बहादुर कामी को सम्झनामा निर्मित प्रवेश गेट केवल एक भौतिक संरचनाको गेट मात्र बनेन यो त श्रद्धा, समर्पण र भक्तिभाव को चिनारी साथै बारेकोटको एक आकर्षण पनि बन्यो।
वि. सं. २०२२ जेठ १५ गते बारेकोट -९ सक्लाचौरमा जन्मिनुभएका स्वर्गीय श्री खम्म बहादुर कामी जसको आठ सन्तान रहेका छ्न् जस मध्ये पाँच भाइ छोरा र तीन बहिनी छोरी अहिले नाती, नातिनी, पनाती गरी निकै बृहत परिवार रहेको छ।
नेपालगञ्ज देखि नुन बोकेर ल्याउने जमानामा एउटा निम्न परिवारमा जन्मिएका स्व. खम्म बहादुरको आठ वटा सन्तानलाई हुर्काउन, बढाउन, पढाउन गरेका दु:ख, संघर्षका कथाहरू कहिल्यै कहेर नसकिने थिए विभिन्न समस्याका बाबजुद पनि उनले आफ्नो मेहनत परिश्रम र पसिना बगाई कहिल्यै आफ्नो सन्तान हुर्काउन, बढाउन, पढाउनमा अभाव आउन दिएका थिएनन् उनका श्रीमती हिराकली कामी हुन्। उनका छोरा क्रमशः प्रकाश नेपाली, बलराज नेपाली, प्रवेश नेपाली, जय बहादुर नेपाली र नविन वि. क. र छोरीहरु कमला नेपाली, देउरुपा नेपाली र मिना वि. क. हुन् कुनै दिन ठुलो, सम्पन्न र खुसी परिवार थियो।
२०८२ मंसिर २० गते राति एक्कासी स्वस्थ मानिस कुरा गर्दै हाँस्दा हाँस्दै खम्म बहादुर सदाका लागि अस्ताउनु भयो। सुखी, खुसी परिवारमा एकैछिनमा अन्धकार छायो घरको घुरी नै भाँचियो सन्तान सबैको साहस, शक्ति, आत्मवल, आशा भरोसाको खम्बा नै ढल्यो यहि नै प्रकृतिको लिला हो, यहि नै प्राणी जीवनको अन्तिम सत्य हो, यहि नैं मानव चोलाको अनिवार्यता हो सबैले त्यो दिन भोक्नै पर्छ।
स्वर्गीय बुवाको स्मृतिका लागि पाँच भाइ र सह परिवारले ४५ औं दिनको पुण्य तिथिको अबसरमा सक्ला चौरमा प्रवेश गेट निर्माण गरे जुन गेट केवल एक भौतिक संरचनाको गेट मात्र होइन यसमा स्वर्गारोहण पितृ प्रति श्रद्धा समर्पण र भक्तिभावको प्रतिविम्ब झल्किन्छ यो गेट एक संसारको लागि पितृ प्रतिको श्रद्धाभाव को एक सिख पनि हो र बारेकोटको लागि एक आकर्षण पनि बन्न सफल भएको छ।












