बारेकोट गाउँपालिका वडा नं. ७ वडा कार्यालय नजिकै बारेकोट – ६ धुमका अमर चलाउनेको ट्याक्टर आज दुर्घटना भएको छ।

‎७ नंबर वडा कार्यालय जाने सडकमा चिसोका कारण जमेको पानीको बरफमा चिप्लिएर पसलका लागि ल्याएको १५० बोरा चामल सहितको लोड ट्याक्टर दुर्घटना भएको हो।

‎ट्याक्टर पल्टिँदा गाडि साहुँ र ड्राइभर भने गाडिबाट निस्केर बाँच्न सफल भएका छन्।

‎दुर्घटना भएको ट्याक्टर पूर्णरूपमा क्षति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय