‎बारेकोट, जाजरकोट । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ जाजरकोट बारेकोट गाउँपालिका वडा नं. ६  कार्कीज्यूलामा सञ्चालित चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भव्यताका साथ आज सम्पन्न भएको छ। बारेकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा गत पुस ३ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा सीता माध्यमिक विद्यालय कार्कीज्यूलाले आफ्नो वर्चस्व कायम राख्दै प्रथम स्थान हासिल गरेको छ।

‎सीता माविको ‘क्लीन स्वीप’

‎प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सीता माध्यमिक विद्यालय कार्कीज्यूलाले कूल २१ पदक सहित प्रथम स्थान प्राप्त गरेको हो । विद्यालयले १३ स्वर्ण, ५ रजत र ४ कास्य पदक जित्न सफल भएको छ । यो जितसँगै सीता माविले लगातार चौथो वर्ष पनि रनिङ शिल्डको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।

‎अन्य विजयी विद्यालयहरू

‎प्रतियोगितामा सहभागी कुल ८ वटा माध्यमिक विद्यालयहरू मध्ये प्रथम सीता मावि, कार्कीज्यूला १३ स्वर्ण ५ रजत ४ कास्य  गरी जम्मा २१ पदक

‎द्वितीय वीरेन्द्र ऐश्वर्य मावि, लिम्सा ६ स्वर्ण, ६ रजत,  ५ कास्य  गरी जम्मा १७ पदक

‎तृतीय दीपेन्द्र मावि, सक्ला ५ स्वर्ण, ६ रजत, २ कास्य गरी जम्मा १३

‎सान्त्वना कालिका आदर्श मावि, रामिडाँडा ४ स्वर्ण, ७ रजत, ५ कास्य गरी जम्मा १६ पदक

‎गत ३ गतेदेखि सुरु भएको खेलकुद प्रतियोगितामा विद्यार्थीहरूबीच विभिन्न विधाका खेलहरूमा प्रतिस्पर्धा गराइएको थियो। गाउँपालिका भित्रका ८ वटा विद्यालयका खेलाडी विद्यार्थीहरूको उत्साहजनक सहभागिताले बारेकोटको खेलकुद क्षेत्रमा नयाँ उर्जा थपेको आयोजकले जनाएको छ।

  • ‎विजेता विद्यालय तथा खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गरिएको थियो। बारेकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै स्थानीय स्तरका प्रतिभालाई राष्ट्रिय तहसम्म पुर्‍याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय