‎जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

‎पजारुबाट थलह जाँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। स्थानीय प्रेमबहादुर गिरीका अनुसार दुर्घटनाका बेला जीपमा चालकसहित ६ जना सवार थिए।

‎दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी छेडागाड नगर अस्पतालतर्फ उपचारका लागि लगिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

‎मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Copy: hamropahuch.com

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय