२५ भदौ जाजरकोट । बारेकोट गाउँपालिका, आधारभूत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा बारेकोट अन्तर्गतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुको आ. व. २०८१/०८२ को वार्षिक कार्यक्रमहरुको पालिका स्तरीय स्वास्थ्य सूचकहरुको वार्षिक समीक्षा २०८२ भदौ २४ र २५ गते गाउँपालिकाको सभाहलमा भएको कार्यक्रम सम्पन्न भएको छ।
समीक्षा कार्यक्रम स्वास्थ्य शाखा बारेकोटका प्रमुख राम बहादुर रोकायको अध्यक्षतामा र बारेकोट गाउँपालिका अध्यक्ष वीर बहादुर गिरीको प्रमुख आतिथ्यतामा र जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट, दातृनिकायका प्रतिनिधि, बारेकोटका सम्पूर्ण वडाध्यक्ष र सम्पूर्ण स्वास्थ्य संस्थाका प्रमुखहरुको उपस्थितमा कार्यक्रम संचालन भएको थियो।
विभिन्न स्वास्थ्य संस्थाहरुले वर्षभरि गरेको कार्यको विवरण सहित समीक्षा कार्यक्रममा प्रस्तुत गरिएको थियो। कार्यक्रममा वार्षिक कार्य सम्पादनमा उत्कृष्ट आउने स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको थियो। स्वास्थ्य संस्थाहरु मध्ये उत्कृष्टमा आधारभूत अस्पताल लिम्सालाई सम्मानित गरिएको छ, आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य इकाई मध्येबाट आधारभूत स्वास्थ्य सेवा केन्द्र जिरीलाई सम्मानित गरिएको छ भने उत्कृष्ट स्वास्थ्यकर्मीबाट सामुदायिक स्वास्थ्य इकाइ मैनाका प्रमुख हरि शाही लाई सम्मानित गरिएको छ।












