‎बारेकोट गाउँपालिका -२ लिम्साका गोपाल नेपाली ले  इन्द्रेणी नामक सभाहल निर्माण गर्नुभएको छ।

‎उहाँले निर्माण गर्नुभएको सभाहल उद्घाटनका लागि दिनुभएको निम्तो स्वीकार गरी उपस्थितिहरु मध्ये गाउँपालिका उपाध्यक्ष नर बहादुर गिरी ( निशान ) द्वारा आज रिवन काटि हल उद्घाटन गरिएको छ।

‎कुनैपनि पार्टी संघ संस्थाहरुको तालिम भेला बैठक सेमिनार गोष्ठीका लागि अत्यावश्यक पर्ने सभाहल नहुनुको समस्यालाई मध्यनजर गर्दै उक्त समस्या समाधानका लागि सबैलाई सरल सहज तवरबाट कार्यक्रम सम्पन्न होस् भन्ने मनसायले निर्माण गरिएको र  सस्तो सुलभमा नै हल भाडा लिइने सभाहलका मालिक गोपाल नेपालीले भन्नुभयो। सभाहलमा आवश्यक विभिन्न सामग्रीहरू संगै कार्यक्रममा आवश्यक खाजा नास्ता पनि बनाइने व्यवस्था रहेको छ।

‎हल उद्घाटनमा आउनुभएको सम्पूर्ण व्यक्तिहरूले हल मालिकलाई बधाई दिइयो र गाउँपालिका उपाध्यक्ष गिरीले भन्नुभयो हललाई अझ व्यवस्थित र आकर्षक बनाउन जोड दिने कुरा दर्शाउँदै हल गाउँपालिकामा सुचिकृत गर्न र दर्ता प्रक्रिया जाँन सुझाव दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय