जाजरकोट । कुशे गाउँपालिका–३ तर्पेनामा गए रातिको अविरल वर्षाका कारण खसेको ढुङ्गा लागेर दुई दिदीबहिनीको ज्यान गएको छ ।
नर बहादुर बुढाकी दुईवटी छोरी १६ वर्षीया चन्द्रा बुढा र १८ वर्षीया सर्मिला बुढा भुकम्प पीडितलाई दिएको टहरामा सुतिरहेको बेला विहिबार राति ९:०० बजे खसेको ढुङ्गाबाट ज्यान गएको वडाध्यक्ष वीर बहादुर बुढाले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सूचना अधिकारी हरिराम डाँगीले जानकारी दिए । प्रहरी समेत घटना स्थलमा पुगेर जानकारी लिने काम भएको प्रहरी जवान महेश सिंहले बताउनुभयो।












