जाजरकोट, नलगाड नगरपालिका दल्ली सभाहलमा आज २०८२ भाद्र १४ गते भएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलको प्रथम अधिवेशनबाट नगर समितिको अध्यक्षमा सुजल रावल निर्वाचित भएका छन्।
नेपाली कांग्रेस जाजरकाेट जिल्ला सभापती तथा निवर्तमाण कर्णाली प्रदेश याेजना,आर्थिक मामिला मन्त्री बेदराज सिंहकाे प्रमुख आतिथ्यतामा र अन्य नेपाली कांग्रेसका शीर्ष नेता तथा नेपाली कांग्रेस पार्टी प्रति आस्थावान व्यक्तिहरुको ठुलो भेलाबाट नेपाल तरुण दलको नगर अधिवेशन सम्पन्न भएको हो ।
पहिलाे नगर अधिवेशनबाट नगर कार्य समितिका अध्यक्ष रावल सहित नगर कार्य समिति गठन गरिएको छ।












