काठमाडौं ।

कृषि रामनाथ अधिकारीले रासायनिक मलको हाहाकार सधैँ हुने बताएका छन्। नेपाल डेरी एसोसिएसनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै किसानको माग अनुसार मल उपलब्ध गराउन सम्भव नै नभएको बताए।

 

उनले भने, ‘मलको त हाहाकार छ नि भन्छन्, छ हुन्छ, जो मन्त्री भएपनि हुन्छ। गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको थियो। जम्मा साढे ४ लाख टन भन्दा मल आउँदै आउँदैन। बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको छ। एक चौथाइ मलले हामीले किसानलाई समयमै मल पुर्‍याउन सम्भावना नै छैन। तर हामीले छ चिन्ता नगर्नुस् भन्नैपर्‍याे।’

 

उनले मन्त्री भएपनि आफूलाई केके नै गर्छु भन्ने लागेको भएपनि मुलुकमा आर्थिक सीमिताको कारणले धेरै काम गर्न नसकेको स्वीकारे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय