जाजरकोट । बारेकोट गाउँपालिका वडा नं. – ३ का वडाध्यक्ष राम बहादुर सिंह सहित ३ नं. वडा बासी युवाहरूद्वारा बारेकोट- ३ मुल्साम देखि जुम्ला जोड्ने बाटोमा रहेका दुईवटा खोलाहरूमा गए शनिबार काठेपुल निर्माण सहित घोरेटोबाटो मर्मत गरिएकोछ।
बारेकोट गाउँपालिका – ३ पहाडा मुल्साम देखि जुम्ला तातोपानी गाउँपालिका- ८ टोप्ला जोड्ने बाटाहरुमा रहेका धौला खोला र दानुगार खोलामा काठेपुल निर्माण गरिएको छ । काठेपुल संगै बिग्रे भत्केका बाटोहरु पनि मर्मत गरिएकोछ । वर्षायाममा संगै बढेको खोला र मनसुन पछि अवरुद्ध बाटो कारण उक्त बाटो भएर जाजरकोट जुम्ला आवतजावत गर्ने यात्रु र गोठाला तथा घुम्फिर गर्न जाने व्यक्तिहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै वडाध्यक्ष सिंह सहित टोली २०८२ साउन ०९ गते शुक्रबार कार्य स्थल तर्फ हिडेको थियो । शुक्रबार देखि शनिबार साँझसम्म विविध कामहरु सकेर मात्र फर्किएको हो । भौगोलिक विकटता संगै विभिन्न बाधा अवरोध र समस्याको बाबजुद पनि अन्तर जिल्ला जोड्ने घोरेटो मार्ग मर्मत तथा खोलाहरूमा काठेपुल निर्माणकार्य एक साहसीक र श्रनीय कार्य हो ।
जन उत्तरदायित्वलाई शिरोपर गर्दै एक उत्कृष्ट वडाध्यक्षका रुपमा परिचित वडाध्यक्ष सिंह भन्नुहुन्छ ‘हामी शुक्रबार कार्यस्थलमा गयौं साँझ त्यतै बास बसिउँ र शनिबार साँझ सम्म काम गरी राति घर फर्कियौं पुगिउँ’
काठेपुल तथा घोरेटो बाटो मर्मत कार्य पछि बारेकोट मुल्साम हुदै जुम्ला टोप्ला जोड्ने घोरेटोबाटोमा आवतजावत गर्ने यात्रीहरूका लागि सहज बनेको छ । यस्तै खाले आफ्नो वडा बासीहरुमा आइपर्ने सामाजिक समस्याहरू समाधानका लागि सदैव तत्पर रहेको वडाध्यक्ष सिंह भन्नुहुन्छ ।












