देश दृष्टि: सम्वाददाता
जाजरकोट। बारेकोट गाउँपालिका वडा नं.- २ लिम्साको दोमिल्ना खोलामा निर्माणधिन बेलिब्रिजको कार्य तिब्र गतिमा अघि बढिरहेको छ।
वर्षायाममा यातायात सेवा अवरुद्ध हुने र यात्रुहरुले पाउने सास्ती तथा आपतकालीन अवस्थामा बिरामीहरू लिने समस्यालाई विशेष जोड दिदै यातायात सेवामा सरल र सहजताका लागि आर्थिक वर्ष २०८१/०८२ को संघीय सरकार र पालिका सरकारको साझेदारीमा विनियोजित बजेट बमोजिम १ करोड ७० लाख रुपियाँमा पुलको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता भए संगै पुल निमार्णको काम अघि बढिरहेको छ। वर्षायाममा पुलको सामानहरू ढुवानी गर्न नसकिए पनि हिउँद लागे संगै पुल निमार्णको कार्य सम्पन्न हुन सक्ने काम तिब्रताको गति अनुसार आाशा लिन सकिन्छ।












