जाजरकोट- बारेकोट गाउँपालिकाको स्थापनाकाल देखि हालसम्म कार्यरत लेखा अधिकृत राज बहादुर सिंहको आज २०८२ भदौ ०६ गते छेडागाड नगरपालिकामा काज सरुवा गरिएको छ।
गाउँपालिकाको आर्थिक तथा प्रशासक शाखाको प्रमुख जिम्मेवारीमा रही नम्र व्यवहार र मिठो बोलीले सबैको मन जित्नु भएका सेवाग्राहीहरुको प्रिय व्यक्तित्व लेखा अधिकृत सिंहको काज सरुवा हुन बारेकोटले एक गतिलो अभिभावक विदाई गरेको महसुस गरेको छ।
लेखा अधिकृत सिंहको काज सरुवामा आज बारेकोटले विदाई तथा फेरि भेटौला कार्यक्रम आयोजन गरी खादा मालाका सहित भव्यताका साथ विदाई गरिएको छ ।












