नेपालको संघीय राजनीतिक संरचनामा लामो समयसम्म उपेक्षा र बेवास्ताको सिकार बनेको कर्णाली प्रदेश, जसलाई सुनको सिरानीमा टाउको राखेर नुनको खोजीमा भौतारिएको प्रदेशको रुपमा चित्रण गरिन्छ, त्यसमध्ये पनि अझ दुर्गम मानिने जाजरकोटलाई समृद्धिको यात्रामा अघि बढाउन माननीय शक्ति बहादुर बस्नेतले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको छ।

‎नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवम् पूर्व गृहमन्त्री समेत रहनुभएका शक्ति बहादुर बस्नेत केवल जाजरकोटी जनताको मात्र नभई समग्र कर्णाली र देशकै आशा र भरोसाको केन्द्रका रुपमा स्थापित हुनुहुन्छ। गृह, ऊर्जा, स्वास्थ्य, वन लगायतका नेपाल सरकारका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै उहाँले दूरदर्शी, बौद्धिक र कर्मठ नेताको पहिचान बनाउनुभएको छ।

‎जाजरकोटको विकासमा उहाँले पुर्‍याउनु भएको ठूलाे योगदान यसप्रकार छन्:

‎१. यातायात क्षेत्र

‎कुनै समय नुन ल्याउन नेपालगञ्ज सम्म पैदल यात्रा गर्न बाध्य जाजरकोटी जनतालाई आज घरआँगनमै यातायात सुविधा उपलब्ध गराउनु उहाँकै अथक पहलको परिणाम हो। राष्ट्रिय गौरवका आयोजना मध्यपहाडी लोकमार्ग, कर्णाली करिडोर, लुम्बिनी–रारा राजमार्ग लगायत सयौँ ग्रामीण सडक निर्माण उहाँकै नेतृत्व र सक्रियतामा सम्भव भएको हो।

‎२. सञ्चार र प्रविधि

‎सञ्चारका लागि सदरमुकाम धाउनुपर्ने अवस्था अन्त्य गर्दै जाजरकोटको प्रत्येक घरधुरीमा सञ्चार सुविधा पु¥याउन महत्वपूर्ण पहल उहाँकै थियो। सातवटै स्थानीय तह र ७९ वडामा इन्टरनेट सेवा जडान गर्न उहाँले निर्वाह गरेको नेतृत्वदायी उपलब्धि हो।

‎३. स्वास्थ्य सेवा

‎सिटामोल अभावमा अकाल मृत्यु हुने अवस्थाबाट जाजरकोटलाई मुक्त गर्न उहाँले ५० शैयाको अत्याधुनिक जिल्ला अस्पताल, सातै पालिकामा १५ शैयाका अस्पताल स्थापना गर्न योगदान छ । यसले जिल्लामा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर दुवैमा महत्त्वपूर्ण परिवर्तन ल्याएको छ।

‎४. शिक्षा

‎शैक्षिक क्षेत्रमा विद्यालय भवन निर्माणदेखि लिएर प्राविधिक शिक्षाको विकासमा उहाँको योगदान उल्लेखनीय छ। जाजरकोट प्राविधिक शिक्षालय स्थापना र “एक स्थानीय तह, एक प्राविधिक धार” अभियान उहाँकै पहलमा भएको हो।

‎५. कृषि र सिंचाइ

‎कृषि उत्पादन वृद्धिका लागि उहाँले भेरी नगरपालिका–कुदुमा लिफ्ट सिंचाइ, छेडागाड र नलगाड नगरपालिकामा लिफ्ट सिंचाइ, बारेकोट गाउँपालिकामा नैफेरी सिंचाइ लगायतका साना–ठूला आयोजनाहरु निर्माणमा पहलकदमि लिनुभएको छ।

‎६. ऊर्जा र जलविद्युत्

‎राष्ट्रिय गौरवको आयोजनाकै सरह  रहेकाे ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् आयोजनाको डीपीआर र वातावरणीय मूल्यांकन उहाँकै पहलमा सम्पन्न भएको हो। प्रभावित क्षेत्रका जनतालाई  मुआब्जा वितरण देखि ताक्सुखोला जलविद्युत् आयोजना अघि बढाउन उहाँले पहलकदमी लिनुभएको छ। साथै, सातवटै स्थानीय तहमा केन्द्रीय विद्युत् लाइन विस्तार र वितरण सब–स्टेशन निर्माणमा पनि उहाँको सक्रियता रह्यो।

‎७. प्रशासनिक सेवा

‎जाजरकोटमा जडिबुटीकाे धनी जिल्लाहरुमा भएका जडिबुटी लाई जिल्लामै प्रशोधन गर्नकाे लागी जडिबुटी प्रशोधन केन्द्र स्थापना ,एकीकृत कर्णाली सिंचाइका कार्यालय ,कर्णाली जलधार   कार्यालय लगायत  सरकारी कार्यालयको स्थापना, पश्चिम दशेरामा इलाका प्रशासन कार्यालय स्थापना आदि काम उहाँकै पहल विना सम्भव हुने थिएनन्। यसले प्रशासनिक पहुँचलाई जनताको घरदैलोमा पुर्याएको छ।

‎८ जाजरकोट जिल्लाकाे कुशे गाउँपालिका  वडा   देखि जुम्ला जिल्ला सडक मार्गमा जाेड्नकाे लागि सुरुङ मार्गकाे डिपिआर

‎ माननीय शक्ति बहादुर बस्नेतले जाजरकोटको भौतिक, सामाजिक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, ऊर्जा तथा प्रशासनिक क्षेत्रमा पुर्‍याएको योगदान जिल्लालाई मात्र होइन, समग्र कर्णाली र नेपालकै समृद्धि यात्रामा ऐतिहासिक कोसेढुंगा सावित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय