जाजरकोट। २०८० कार्तिक १७ गते बारेकोट- १ रामिडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्पले क्षति गरेका घरहरुको भरिएको DDA फारम अनुसार आएको पहिलो चरणको लिष्टमा असमानता रहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र बारेकोट गाउँ समितिको गम्भिर ध्यानाकर्षण भएको भन्दै आज विज्ञप्ति जारी गरेको छ। यदि जनताको जनगुनासो सम्बन्धित निकायले तत्काल सम्बोधन नगरे आन्दोलनमा आउने समेत चेतावनी दिएको छ।

‎ विनासकारी भूकम्पले जाजरकोट र रुकुम पश्चिमका थुप्रै भू-भागमा जनधनको क्षेति गरेको थियो। जाजरकोट बारेकोट गाउँपालिका भित्र झण्डै ९८ % घरहरू ढुङ्गा माटोले बनेका छन्। ढुङ्गा माटोले बनेका घरहरु भूकम्प पछि कुनै पनि घरहरु बस्न योग्य छैनन् भने पुनर्निर्माणका लागि DDA फारम भरेपछि पुनर्निर्माणका लागि पहिलो चरणमा आएको लिष्टमा अनुसार विभिन्न वर्गमा विभाजन गरिएको कुरा साँचै घोर आपत्तिजनक छ । उक्त कुरालाई मध्यनजर गर्दै भूकम्प पीडित जनताको पक्षमा उभिएर नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र बारेकोटले विज्ञप्ति जारी गरेको हो ।

‎पुनर्निमाण कार्यविधिको DDA लिष्टमा देखिएको असमानता प्रती नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रले आपत्ति जनाउनुका साथै तत्काल सम्बन्धित निकायले जनताको जनगुनासाहरु सम्बोधन नगरे आन्दोलनमा आउने समेत चेतावनी विज्ञप्ति पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय