जाजरकोट। जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षतामा आज सदरमुकाम खलंगामा बसेको बैठकले निम्न कार्यहरु गर्ने निर्णयहरु गरेको छ ।

१. नेपाली भाषा र साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा असार २९ गते खलंगामा खुला कविता वाचन र नेपाली भाषाको श्रीवृद्धिमा भानुभक्तको योगदान विषयमा प्रवचन कार्यक्रम सन्चालन गर्ने ।

२. जिल्लाको महत्वपुर्ण पर्वको रुपमा रहेका खड्ग देवता अर्थात खर्के देउता भित्र्याउने चलन र लाखे नाँचको व्यवस्थापनको लागि यस वर्ष पनि प्रतिष्ठानको तर्फवाट सरोकारवाला निकाय, समुदाय र पक्षसंग आवस्यक सहजीकरण सहित सहयोग गर्ने ।

३. जाजरकोट जिल्लामा बाहिरबाट आउने आगन्तुकहरुलाई जिल्लाका महत्वपूर्ण पर्यटकीय क्षेत्रबारे जानकारी दिन र तिनको प्रचार प्रसारमा सहयोग पुरयाउने उदेश्यले प्रतिष्ठानका तर्फवाट जाजरकोटका मुख्य पर्यटकीय क्षेत्रहरुको विवरण लेखिएको होडिङ्ग बोर्ड छेडा बजार र रिम्ना बजारमा राख्ने निर्णय गरिएकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय