जाजरकोट।  बारेकोट गाउँपालिका वडा नं.- २ मा अवस्थित   आधारभूत अस्पताल लिम्सामा १८ करोड ३९ लाखको बजेटमा निर्माण भइरहेको अस्पताल भवन अहिले एक तला ढकाल भएको छ, भवनको एक तला मात्र भएपनि ढलान भएपछि अहिले बारेकोटी जनताहरुमा केही आशा पलाएको छ ।।

‎आधारभूत अस्पतालको पुरानो भवन २०८० कार्तिक १७ गतेको भूकम्पले क्षत विक्षत पारेर भवन जिर्ण अवस्थामा छ भने अहिलेसम्म अस्थायी टेन्टमा सेवा संचालन गरिदै आइएको छ। औषधि, औजार र उपकरणहरू राख्न साथै विरामी तथा प्रसूति गराउन आवश्यक कोठाहरू नहुनु आदी तमाम अभावका समस्याहरु झेल्दै आइरहेको अवस्था छ। आधारभूत अस्पतालको भवन निर्माणको ढिलासुस्ती अवस्थालाई हेर्दा छिटै निर्माण हुने र पर्याप्त मात्रामा आवश्यक कोठाहरू उपलब्ध हुने सम्भावना नै नदेखिए पछि बारेकोटी जनता र सरोकारवाला सबैमा एक प्रकारको निराशा छाएको थियो । स्थानीय सरकार बारेकोट गाउँपालिका र सरोकारवाला सबैले ठेकेदारलाई छिटो बनाउन ताकेता गरेपछि अहिले भने भवनको एक तला ढलान भएको छ। एक तला ढलान गरी भित्र कोठाहरु व्यवस्थापन भएपछि आधारभूत अस्पतालको सेवा संचालन गर्न पाए कही सेवा संचालनमा सहजता आउने आधारभूत अस्पताल प्रमुख गणेशमान सिंहले बताउनुभयो। भवनको एक तला मात्र भएपनि ढलान भएपछि अहिले बारेकोटी जनताहरुमा केही आशा पलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय