जाजरकोट, बारेकोट गाउँपालिका वडा नं.-७ मा अवस्थित सीता माध्यमिक विद्यालय गराग्लीचौरको आज ७ नं. वडाध्यक्ष विशाल किरण बस्नेतको प्रमुख आतिथ्यतामा र सम्पूर्ण विद्यालय परिवार अभिभावकहरुको ठुलो भेलाबाट पुरानो कार्य समिति विगठन गरी शिक्षक अभिभावक संघको नयाँ कार्य समिति चयन गरिएको छ।
भेलाबाट शिक्षक, अभिभावक संघको अध्यक्षमा विष्णु बहादुर बस्नेत सहित शिक्षक अभिभावक गरी जम्मा ११ सदस्यीय समिति गठन गरिएको छ । भेलामा समिति गठन कार्य मात्र नभई विद्यालयलाई कसरी व्यवस्थित तवरबाट सञ्चालन गर्न सकिन्छ र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न को कस्को कस्तो भूमिका हुनुपर्छ भन्ने आदी विषयहरूमा छलफल गरिएको थियो।
गुणस्तरीय शिक्षा प्रदान गरी बालबालिकाको सुन्दर भविष्य निर्माण गर्ने विषयमा केवल शिक्षक मात्र नभई अभिभावकको अहम भूमिका हुनुपर्छ, सधै शिक्षिकले मात्र पढाएन भनेर अभिभावकहरू शिक्षकलाई आरोप लगाउनुहुन्छ तर अभिभावक र शिक्षक दुबै पक्षले बराबर चासो राख्नुपर्छ, गुणस्तरहीन शिक्षा हुनुमा शिक्षक अभिभावक दुबैको कम्जोरी रहेको भन्दै सीता माध्यमिक विद्यालय गराग्लीचौरका प्रधानाध्यापक नबराज बस्नेतले भन्नुभयो।
पठनपाठनमा प्रक्रियालाई गुणस्तरीय बनाउन र शिक्षक अभिभावक र विद्यार्थी बिच समन्वय सहकार्य कायम गर्दै विद्यालय व्यवस्थापन पक्षमा सहयोग गर्ने आदि उद्देश्यका साथ गठित शिक्षक अभिभावक संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना साथै जिम्मेवारी बोध गराउदै वि. व्य. स. अध्यक्ष डम्बर बहादुर बस्नेतले कार्यक्रम समापन गर्नु भयो ।












