चर्किएको यो झुपडिमा,

‎ डराई डराई बस्नुपर्ने!

‎ ठेगान छैन जिन्दगीको,

‎ कति खेर हो मर्नु पर्ने!!

‎ ओसिलो त्यो टहरामा,

‎ कति जीवन जिउने होला!

‎ चिसो तातोको चरम सास्ती,

‎ हट्ने दिन कहिले आउला !!

‎ सुत्केरीको कस्तो हालत ,

‎ पिडै पिडामा बाँच्नु पर्ने!

‎ बृद्व बा आमाको अर्को अवस्था,

‎ हेर टहरामा नै सड्नु पर्ने!!

‎ अनौठो चक्रव्यु हेर कस्तो,

‎ आफनै आवासको सिकार बन्ने!

‎ गरीब र सोझहरुकाे कुरा,

‎ खै कसले हो त भनेको सुन्ने!!

‎ सर्प छेपारा विछीको दङस,

‎ त्यहि टहरा प्यारो ठान्दै!

‎ कैयौँको गयो ज्यान सरकार,

‎ घर पाउने आसा पर्खदै पर्खंदै!!

‎ हाम्रो आसा मेटाऊ सरकार,

‎ कति दिन कुरेर बाटो हेरौँ!

‎ हलचल भए निवास सबै,

‎ यो वा त्यो भनेर भेद नगरौँ!!

‎ पुस माघको त्यो सिरेटोमा,

‎ हनहनाउँछिन हजुर आमा!

‎ टहराको त्यो शीतकाे थोपाले,

‎ छैन सञ्चो हजुरबा को जीउमा!!

‎ कान खोलेर सुन सरकार,

‎ शिशुको चिच्याहट टहरामा!

‎ झस्काउँछ सधैं भूकम्पले,

‎ चर्किएका घर छन् पहरामा!!

‎ खड्ग रावत

‎ बरेकोट ४ जिरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय