चर्किएको यो झुपडिमा,
डराई डराई बस्नुपर्ने!
ठेगान छैन जिन्दगीको,
कति खेर हो मर्नु पर्ने!!
ओसिलो त्यो टहरामा,
कति जीवन जिउने होला!
चिसो तातोको चरम सास्ती,
हट्ने दिन कहिले आउला !!
सुत्केरीको कस्तो हालत ,
पिडै पिडामा बाँच्नु पर्ने!
बृद्व बा आमाको अर्को अवस्था,
हेर टहरामा नै सड्नु पर्ने!!
अनौठो चक्रव्यु हेर कस्तो,
आफनै आवासको सिकार बन्ने!
गरीब र सोझहरुकाे कुरा,
खै कसले हो त भनेको सुन्ने!!
सर्प छेपारा विछीको दङस,
त्यहि टहरा प्यारो ठान्दै!
कैयौँको गयो ज्यान सरकार,
घर पाउने आसा पर्खदै पर्खंदै!!
हाम्रो आसा मेटाऊ सरकार,
कति दिन कुरेर बाटो हेरौँ!
हलचल भए निवास सबै,
यो वा त्यो भनेर भेद नगरौँ!!
पुस माघको त्यो सिरेटोमा,
हनहनाउँछिन हजुर आमा!
टहराको त्यो शीतकाे थोपाले,
छैन सञ्चो हजुरबा को जीउमा!!
कान खोलेर सुन सरकार,
शिशुको चिच्याहट टहरामा!
झस्काउँछ सधैं भूकम्पले,
चर्किएका घर छन् पहरामा!!
खड्ग रावत
बरेकोट ४ जिरी












