‎जाजरकोट । बारेकोट गाउँपालिकाको आर्थिक सहयाेग र बारेकोट गाउँपालिका कृषि विकास शाखा लिम्साको  आयोजनामा २२ औं राष्ट्रिय धान दिवस आज भव्यताका साथ मनाएको छ।

‎”धान बालिमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता” भन्ने मुल नाराका साथ धान दिवसको अवसर आयोजित रोपाईं महोत्सव कार्यक्रम बारेकोट -२ लिम्साको चिफलगौरा ज्यूलामा रोपाई गरिएको थियो । रोपाईं कार्यक्रम बारेकोट गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी लगाएतका ठुलो मासको उपस्थिति रहेको थियो। बारेकोट गाउँपालिकाका अध्यक्ष वीर बहादुर गिरीले हलो जोतेर रोपाईं कार्यक्रम उद्घाटन गर्नुभएको हो ।

‎नेपाल कृषि प्रधान देश र कृषि प्रणालीलाई विशेष प्राथमिकता साथ जोड दिनुपर्ने कुरालाई प्रतिनिधित्व गर्ने कार्यक्रमको प्रमुख तात्पर्य रहेको देखिन्छ। राष्ट्रिय धान दिवस सिर्फ एक उत्सव होइन, यो कृषि चेतना, सांस्कृतिक सम्पदाको पालना र खाद्य आत्मनिर्भरताका लागि निर्णायक कार्यक्रम हो। असार १५ गते धान रोपाइँ मात्र होइन, ‘आशा रोपाइँ’ गर्दै देशभर धान बालीको महत्त्व, कृषक प्रयास र राष्ट्रिय लक्षप्रति लगाव सहित रोपाईं महोत्सव संचालन गरिदै आएको छ ।

‎रोपाईं महोत्सवमा खेत जोत्ने, धान रोप्ने तथा हिलो खेलेर कार्यक्रम निकै रमाइलो र उत्साहजनक रुपमा बारेकोटले पनि २२ औं धान दिवस तथा रोपाईं महोत्सव-२०८२ भव्यताका साथ सम्पन्न गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय