‎जाजरकोट-  हिन्दू नारीहरूको महान चाड हरितालिका तिज पर्व को अवसरमा तिज विशेष कार्यक्रम बारेकोटका ९ वटै वडाहरुले २०८२ भदौ ८-९ गते मनाउने भएका छन्।

‎तिज विशेष कार्यक्रम आयोजन गर्न भनि बारेकोट गाउँपालिकाले प्रत्येक वडालाई रु. ८०००/-  ( अक्षररुपी आठ हजार रुपैयाँ ) का दरले बजेट विनियोजन गरेपछि प्रत्येक वडाले कार्यक्रम आयोजन गरेको हो ।

‎तिज पर्वको सुरुवात हिन्दू संस्कृतिमा आधारित पर्व हो, यो विशेषगरी महिलाले मनाउने यो पर्व भगवान् शिव र पार्वतीको कथासँग सम्बन्धित यो तिज पर्वको सुरुवात देवी पार्वतीले भगवान् शिवलाई पाउन गरेको तपस्याबाट भएको हो। त्यसैबेला देखिनै यसलाई नारीहरूको धार्मिक आस्था, सामाजिक भेटघाट र सांस्कृतिक उत्सवको रूपमा मनाइन्छ।

‎विभिन्न जातजाती, भाषाभाषी धार्मिक साँस्कृतिक विविधता युक्त देश नेपाल हो तथापि सबैको चाड पर्व, धर्म संस्कृतिलाई सम्मान गर्दै समानुपातिक समावेशीताको आधारमा चाड पर्व मनाउन बराबरी प्रथामिकता दिनु राज्यको दायित्व हो।

‎तिज पर्व मनाउन बारेकोट पालिकाले बजेट विनियोजन गर्नु संस्कृति संस्कार संरक्षण सम्वर्द्धनमा सरकारले विशेष ध्यान दिएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय