जाजरकोट । छेडागाड नगरपालिका–४ का १ सय २७ बढी स्थानीयवासीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिएका छन् । नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको सदस्यता त्यागेर उनीहरू रास्वपामा प्रवेश गरेका हुन् ।

 

रास्वपा जाजरकोटका सचिव कर्णप्रसाद जैसीका अनुसार पुराना दलहरूले अब देशमा विकासको गति दिन नसक्ने भन्दै स्थानीयवासी नयाँ विकल्प रोज्न थालेका छन् । उनका अनुसार नयाँ पुस्ता मात्र नभई पुराना नेताकार्यकर्ताहरू समेत रास्वपातर्फ आकर्षित भइरहेका छन् ।

 

यसैगरी उनले जाजरकोटमा पनि रास्वपा फैलिँदै गएको सन्देश दिँदै अब जिल्लाभर संगठन विस्तारलाई तीव्र बनाइने बताएका छन् । सदस्यता लिएका स्थानीयहरूले रास्वपामार्फत सुशासन, विकास र जनताको वास्तविक मुद्दा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय